पढाउन छोडेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्न बालेन एक्सनमा उत्रिए

पढाउन छोडेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्न बालेन एक्सनमा उत्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज पनि शिक्षकहरूले प्रदर्शन गरेका छन् । काठमाण्डुको माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । यसैबीच काठमाण्डु महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयमा खटाएको छ।

काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा पाण्डे नेतृत्वको टोली विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न विद्यालयमा पुगिरहेको छ ।

यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ। पढाउन छोडेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्न मेयर बालेन एक्सनमा उत्रिएका हुन् ।

महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो। तर, आन्दोलित शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी दिएको थियो।

यो पनि पढ्नुहोस, बालेनको चेतावनीलाई बेवास्ता गर्दै शिक्षक आन्दोलनमा, बालेनले खोजिखोजि कारबाही गर्ने!