मानव अधिकार आयोगले भन्यो – विद्यालय बन्द गर्नुले बालबालिकाको अधिकार उल्लंघन

मानव अधिकार आयोगले भन्यो – विद्यालय बन्द गर्नुले बालबालिकाको अधिकार उल्लंघन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानवअधिकार आयोगले शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डुमा आन्दोलन गरिरहेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लंघन भएको जनाएको छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगले जनाएको छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्द बाहेकका विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ ।