शिक्षकको आन्दोलन आजपनि जारी रहने

शिक्षकको आन्दोलन आजपनि जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यालय शिक्षा विधेयकविरुद्धको आन्दोलनलाई शिक्षक संगठनले आजपनि निरन्तरता दिने भएका छन ।

बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज तेस्रो दिन पनि आन्दोलनले निरन्तरतना पाउने भएको हो ।

असोज ३ गतेदेखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेपछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।

सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब साे बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ ।

यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएकाे थियाे भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । ज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभाबित हुने भएका छन ।

यद्धपी, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ । असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ।