राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।’