शिक्षकको आन्दोलन विभाजित, राहत शिक्षकको असन्तुष्टि

शिक्षकको आन्दोलन विभाजित, राहत शिक्षकको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन विभाजित भएको छ ।

महासंघले सरकारसँग वार्ता गरी ७ बुँदे सहमति गर्न खोज्दा राहत शिक्षक असन्तुष्ट बनेका छन् ।

सरकारसँगको सहमतिमा राहत शिक्षकका माग नसमेटिएपछि राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेनन् ।

‘महासंघका केही प्रतिनिधि र सरकारबीच सहमति भयो, हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौं,’ अध्यक्ष अधिकारीले भने ।

राहत शिक्षकले २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखेका थिए । राहत शिक्षकले आगामी कदमबारे आन्तरिक छलफल थालेका छन् ।