काठमाण्डु – नेपाल प्रहरी श्रीमती संघको ‘सामाजिक उत्तरदायित्व क्रियाकलाप’ अन्तर्गत शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य बिहार परिसर स्वयम्भूको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गरिएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका संघले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाइ तथा संरक्षण कार्यक्रम गर्दै आएको छ । यसअघि विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा श्रीमती संघका पदाधिकारी, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलादमीहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया