दाङमा ३ जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

दाङमा ३ जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङमा १ व्यक्तिले खुकुरी प्रहार गर्दा महिलाको मृत्यु भएको छ ।

आज शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका ३९ वर्षीय टेकबहादुर हमालले ३ जनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट अन्दाजी ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको छ । टेकबहादुरले रितालाई उनकै घर अगाडि घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसी जानकारी दिए ।

टेकबहादुरले ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कमलाकुमारीको अवस्था गम्भीर रहेकाले उनलाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।