निर्मलाका निम्ति न्याय माग्दैं काठमाडौंमा प्रर्दशन

निर्मलाका निम्ति न्याय माग्दैं काठमाडौंमा प्रर्दशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कार्वाही गर्न माग गर्देै शनिबार माइतीघर मण्डलामा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

निर्मलाका निम्ति न्याय अभियानको आह्वानमा स्वस्तफूर्त विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन्। चिकित्सक डा. गोविन्द केसी पनि शनिबार निर्मलाको न्याय माग्दै माइतीघर पुगेका छन्।

घटना भएको ३ महिना पुग्न लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको,हत्यारा जोगाउन खोजेको भन्दै सरकारलाई खबरदारी गरिएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतिर अघि बढेको छ। प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागेका छन्।