काठमाण्डु – काठमाण्डु महानगरपालिकाका प्रतिनिधि र अभियन्ता ईःका प्रतिनिधिबीच वार्ता भएको छ ।
महानगरले बनाएको वार्ता टोली र ईःका प्रतिनिधिबीच आज मंगलबार दिउँसो वार्ता भएको छ ।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानून, न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन लगायत टोली र ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायण लगायत सहभागी छन् ।
मेयर बालेन शाह र अभियन्ता ईः दुवै वार्तामा सहभागी छैनन् । ईःले विगत १ हप्तादेखि उभिएर विरोध जनाइरहेका छन् ।
ईःले मेयर शाह र उपमेयर सुनिता डंगोललाई चुनावी वाचा सम्झाउन प्रदर्शन गरेको बताएका छन् ।




प्रतिक्रिया