भारतका ३ केन्द्रीय मन्त्रीलाई प्रदेशसभा चुनाव लडाउँदै भाजपा

भारतका ३ केन्द्रीय मन्त्रीलाई प्रदेशसभा चुनाव लडाउँदै भाजपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेशमा हुने आगामी चुनावमा ३ केन्द्रीय मन्त्रीलाई राज्य (प्रदेश) सभा चुनावमा उम्मेदवार बनाएको छ ।

भाजपाका उम्मेदवारको दोस्रो सूचीमा ३ केन्द्रीय मन्त्रीको नाम समावेश छ, जसमा फग्गनसिंह कुलस्ते, प्रह्लादसिंह पटेल र नरेन्द्रसिंह तोमर छन् ।

केन्द्रीय सरकारमा मन्त्री रहेका यी तीनै जनाले अब राज्यसभा चुनावमा उम्मेदवार भई जनतामाझ पुनः परीक्षण हुनुपर्ने भएको छ ।

भाजपाले ४ जना केन्द्रीय सांसदलाई पनि प्रदेशसभा उम्मेदवार बनाउने भएको छ । लोकसभा प्रतिनिधि रीति पाठक, गणेश सिंह, उदय प्रताप सिंह र राकेश सिंहलाई प्रदेशसभा उम्मेदवार बनाएको छ ।

यसअघि सन् २०२१ मा पश्चिम बंगाल विधानसभा चुनावमा पनि भाजपाले ५ केन्द्रीय सांसदलाई राज्यसभा उम्मेदवार बनाएको थियो, जसमध्ये २ सांसदले मात्रै जितेका थिए ।

त्यो चुनावमा भाजपा सांसद जगन्नाथ सरकार र निसिथ प्रमाणिकले चुनाव जितेका थिए भने स्वपन दासगुप्ता, लकेट चटर्जी र बाबुल सुप्रियोले चुनाव हारेका थिए ।