११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय रामबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।