एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

बन्दुक बरामद सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।