मीड सोलु हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुने

मीड सोलु हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ आजका असोज १० गते बुधवार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज बुधवार आइपिओ बाँडफाँड गर्ने तयारी गरेको जानकारी दिएको हो। आइपिओ बाँडफाँड कार्यक्रम काठमाडौँको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे राखिएको छ।

कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ जनाले १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २४.३४ गुणा बढी आवेदन हुन आउँछ । मागभन्दा बढी आवेदन परेकै कारण यो आइपिओ पनि गोला प्रथाबाट बाँडफाँड हुनेछ ।

त्यसैले, मीड सोलुको आइपिओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । जसअनुसार ६२ हजार ११८ जनाले १० र १० कित्ता सेयर प्राप्त गर्नेछन् । सोही मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको हात खाली हुनेछ ।