सुन तस्करीको नयाँ तरिका ! अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ

सुन तस्करीको नयाँ तरिका ! अर्ध ठोस पदार्थसहित फिलिपिन्सकी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन जस्तो देखिने लिक्विड (अर्ध ठोस) पदार्थ करीब २ किलो ७२० ग्रामसहित फिलिपिन्सकी नागरिक ३० वर्षीया आर्बिकोन एरोन्स मनालाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वार काठमाण्डु आएकी उनले भन्सार छलि लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।