जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – पनौती नगरपालिका–५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९९० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।