धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोग १ जना पक्राउ

धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोग १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – जिल्लाको नेत्रावती गाउँपालिका–४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा स्थानीय ३६ वर्षीय मंगल गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप सोधपुछको क्रममा पुरानो रिसइबी तथा बाख्राले बाली खाएको विषयलाई लिएर खुर्पा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।