काठमाण्डु – शेयर बजार नेप्से परिसूचकमा भारी गिरावट भएको छ ।
हप्ताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दु कायम भएको छ ।
आईतबार सबै उपसूचकहरू घटेका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ । बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आईतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत भएर आईतबार कारोबार सुरू भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको शेयर बिक्रीको चाप देखिएको छ । एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।
आईतबार नेप्सेमा कूल २३२ सूचीकृत कम्पनीको शेयर कारोबार भएकोमा २२० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आईतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट लागेर बन्द भएको छ । पिपुल्स हाइड्रोपावरको शेयर मूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ६.०५ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया