सरकारलाई रघुजी पन्तको प्रश्न: गरिबको दसैँ कसरी टर्छ ?

सरकारलाई रघुजी पन्तको प्रश्न: गरिबको दसैँ कसरी टर्छ ?

खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले सरकारलाई प्रश्न गरेका हुन् ।

उनले चाडपर्व नजिएसँगै जनताले दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए । उनले महँगी नियन्त्रण गर्न मागसमेत गरे । गरिबको दसैँ यसपालि कसरी टर्छ ?, उनले भने, “खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।”

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दसैंमा घर जाने विद्यार्थीको लागि सरकारी र संस्थानका सवारीको प्रयोग गर्ने प्रवन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाको भुक्तानी गर्न आग्रह समेत गरे ।

त्यस्तै सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महङ्गीको अनुगमन र मूल्याङक्न तदारुकता गर्न ध्यानाकर्षण गराइन् । उनले  मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराइन् ।