रक्तपात विना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गरौं, नत्र आन्दोलन गर्छाैं : लिङ्देन

रक्तपात विना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गरौं, नत्र आन्दोलन गर्छाैं : लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता देशका लागि आवश्यक नभएको बताएका छन् ।

शनिवार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात विना र दबाब विना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूसँग आग्रह गरे ।

उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए । उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।

लिङ्देनले भने, ‘यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो, संघीयता देशका लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपात विना, दबाब विना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ र बाटो फेरौं र नयाँ सहमति बनाऔं । आज पनि भन्न चाहन्छु – यदि यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन । होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाईं हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मुकदर्शक भएर बस्न सक्दैनौं । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि देशको पहिचानको रक्षाका लागि सर्वाङ्गिण रूपमा भन्ने हो भने निजी क्षेत्रको सुरक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस् वा हाम्रो जीवनकालमै देशमै गरिखाने वातावरण बनाउन होस् । अब हामी अघि बढ्छौं । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दशैंतिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने गरी अघि बढ्छौं । चुप लागेर बस्ने छुट र सुविधा छैन ।’