काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।
आइतवार नेपाल चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारमा प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर बीआरआईको काम छिटो गर्ने बताएका हुन्।
‘समयबद्ध कार्यतालिका बनाएर छिटो काम गर्नुपर्ने छ । सरकार त्यस दिशामा गम्भीर रुपमा अगाडि बढेको जानकारी गराउँछु ।’, उनले भने । उनले बीआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने समेत बताएका छन् ।
‘चिनियाँ पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबीच जीत जीतको समबन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौ’, प्रधानमन्त्री दाहालले भने ।




प्रतिक्रिया