शीर्ष नेताको आग्रहमा रिजाल ब्याक, एमाले उपत्यका प्रदेश कमिटी निर्विरोध निर्वाचित

शीर्ष नेताको आग्रहमा रिजाल ब्याक, एमाले उपत्यका प्रदेश कमिटी निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जसअनुसार अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका हुन् ।

पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले पार्टी शीर्ष नेतृत्वको आग्रहमा उम्मेदवारी फिर्ता लिएपछि सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिजाललाई यसपटक सर्वसम्मत नेतृत्व चयनका लागि सहयोगी बन्न आग्रह गर्दै उनको व्यवस्थापन हुने आश्वासन दिएपछि रिजाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु छन् ।