इजरायल घटनामा देशले होनहार युवा गुमाएको भन्दै प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

इजरायल घटनामा देशले होनहार युवा गुमाएको भन्दै प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी मुलुकका होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको उल्लेख गरेका छन्।प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइमा अपिल गरेका छन्।