काठमाण्डु- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रराम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको हो । जसअनुसार अध्यक्षमा उम्मेदवारी दिनेमा अछामका कृष्ण प्रसाद जैसी, भरतबहादुर साउद र कमल तिमिल्सिना रहेका छन् । त्यस्तै बझाङका बचनबहादुर सिंहले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिएकाले नाम फिर्ता लिन चाहेँमा आज दिउँसो २ बजेसम्मलाई तोकिएको छ । कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।




प्रतिक्रिया