काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको काम नभएको बताएका छन् ।
बुधवार मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुगेका अध्यक्ष ओली पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको केही काम नभएको बताएका हुन् । ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको उनको भनाइ छ । ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’, अध्यक्ष ओलीले भने ।
विमानस्थलमा अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका थिए । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।




प्रतिक्रिया