कोशीमा सरकार गठनबारे निर्णय लिन पर्सि राप्रपा पदाधिकारी बैठक बस्ने

कोशीमा सरकार गठनबारे निर्णय लिन पर्सि राप्रपा पदाधिकारी बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेश सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सि शुक्रबार पदाधिकारी बैठक बोलाएको छ ।

कोशी प्रदेश सरकारमा दाबी गर्ने अन्तिम दिन शुक्रबार बिहान बस्ने गरी राप्रपाले पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कोशी सरकारका हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न शुक्रबार बिहान पदाधिकारीको बैठक बोलाइएको छ ।’

कोशीमा राप्रपासँग ६ सांसद छन् । राप्रपाका मत नै निर्णायक भएपछि राप्रपालाई मनाउन केन्द्रीय सत्ता गठबन्धनले प्रयास गरिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर प्रदेश सरकार गठनमा सहयोग मागेका थिए ।