काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् ।
समाजवादी मोर्चाले बुधबार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिए ।
उनले भने, ‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोज्दैछन्, झुण्ड्याउन खोजिँदैछ । म चेतावनी दिन चाहन्छु – यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबैलाई बढारेर लैजान्छ ।’




प्रतिक्रिया