सुदूरपश्चिम एमालेमा सबै पदाधिकारी सर्वसम्मत चयन (नामसहित)

सुदूरपश्चिम एमालेमा सबै पदाधिकारी सर्वसम्मत चयन (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत चयन भएको हो ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् । उपसचिव (खुल्ला) मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका छन् । उपसचिव (महिला) मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए ।