भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानले मागे जवाफ

भारतीय प्रधानमन्त्री मोदीको गुन्जी भ्रमणबारे रवि लामिछानले मागे जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमी गुञ्जी भ्रमण गर्दा सरकारले किन जानकारी नगराएको भन्दै प्रश्न गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

‘हामीलाई समाचारबाट र आधिकारिक निकायबाट के थाहा हुन आयो भने, हाम्रो मित्र राष्ट्रका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। मित्र राष्ट्रको प्रधानमन्त्री हाम्रो देशमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण हाम्रो देशमा । यो कुटी, गुञ्जी नेपालमै पर्छ। हामीले नै पास गरेको चुच्चे नक्सा भित्र पर्छ त्यस भूभागभित्र गुञ्जी पनि पर्छ।’ उनले भने ।

उनले सो क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।