२० अंकले घट्यो नेप्से

२० अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो ।

आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ । नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । एकमात्र म्युचुअल फण्ड उपसूचक ०.१६ प्रतिशतले बढेको छ ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक १.५९, निर्जीवन बीमा उपसूचक १.५२, फाइनान्स उपसूचक १.४१, जीवन बीमा उपसूचक १.४०, तथा विकास बैंक उपसूचक १.२३ प्रतिशतले घटेको छ ।