जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।