जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – जिल्लाको सूर्यविनायक नगरपालिका–८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपालचोकको ईन्द्रावती गाउँपालिका–१० बस्ने ४२ वर्षीय नवराज दंगाल समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ ३ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।