गुप्ताङ्गमा लुकाएको लागूऔषधसहित १ युवती पक्राउ

गुप्ताङ्गमा लुकाएको लागूऔषधसहित १ युवती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा प्रहरीले गुप्ताङ्गमा लुकाएको लागूऔषध खैरो हिरोइनसहित १ युवतीलाई पक्राउ गरेको छ ।

धनगढीको त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले २० वर्षीया अनुस्कासिंह ठकुरीलाई पक्राउ गरेको छ ।

सीमा नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले गुप्ताङ्गबाट लागूऔषध निकालेका थिए । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।