तलबभत्ता खान पनि ऋण लिनुपर्ने भयो, प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

तलबभत्ता खान पनि ऋण लिनुपर्ने भयो, प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रूपमा धरासायी हुनेतर्फ गइरहेको तर सत्तासिन दलहरू उदासीन भएको आरोप लगाएका छन् ।

आज शनिबार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले गम्भीर रूपमा बहस, छलफल हुनुपर्ने विषयभन्दा सत्ता केन्द्रित फोहोरी खेलमा मात्र दलहरू लिप्त हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको बताए ।

उनले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ । तलबभत्ता खान ऋण लिनुपर्ने भयो । यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।’