गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो

गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा – एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा ज्यान गुमाउनेको संख्या ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ पुगेको प्यालेस्टाइनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

मन्त्रालयले हमलामा मारिनेमा ४५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो ।