काठमाण्डु- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले दुई जना मन्त्री नियुक्त गर्ने भएका हुन् ।
जसअनुसार कार्कीले नेकपा एमाले र कांग्रेसको शेखर पक्षबाट एक-एक मन्त्री नियुक्त गर्नेछन् । एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राई मन्त्री बन्ने भएका छन् । नवनियुक्त मन्त्रीले पनि आजै शपथ लिनेछन् । कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।




प्रतिक्रिया