काठमाण्डु- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्ता गठबन्धनको भावनाअनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि शनिबार काठमाण्डु आइपुगेका कार्की शनिवार साँझ सभापति देउवा निवास धुम्बाराही पुगेका थिए । सोही क्रममा देउवाले कार्कीलाई सत्ता गठबन्धनको भावना अनुसार अगाडि बड्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिए दिएका थिए । पक्षीय कार्कीे एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए ।




प्रतिक्रिया