कोसीको राजनीतिक संकट टर्‍यो : मुख्यमन्त्री कार्की

कोसीको राजनीतिक संकट टर्‍यो : मुख्यमन्त्री कार्की

अब सहमतिको सरकार बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका हुन् ।

प्रदेशसभा विघट भई मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए ।