आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने

आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दसैँका लागि सर्वसाधारणले नयाँ नोट आजदेखि साट्न पाउने भएका छन् । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साटन पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा सर्बसाधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे ।

राष्ट्र बैंकले हरेक बर्ष दशै‌ अगाबै चाडबाडकाे अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाई दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएकाे छ ।

प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।