नापी सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

नापी सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको टोलीले दुवैलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आरोपी दुवैको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको जनाइएको छ ।