ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिससंगै सेनामा भावी प्रधानसेनापतिको टुंगो लाग्यो

ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिससंगै सेनामा भावी प्रधानसेनापतिको टुंगो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे रथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले रिक्त हुने रथी पदमा हाल सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो । पाण्डे रथीमा बढुवा सिफारिस भएसंगै उनि हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने निश्चित भएको छ ।

नेपाली सेनाले आज जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ ।

सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी सरोजप्रताप राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार विदामा बसेका हुन् । सेनामा राणासंगै अर्का रथी सिताराम खड्का समेत छन् । उनि समेत उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन् ।

नेपाली सेनामा राणाको पदावधि थपको चर्चा चलेपनि राणाको पदावधि भने थप भएन् । उनि २०७८ कात्तिक ११ मा सेनाको रथीमा बढुवा भएका थिए ।

राणाको पदावधि थप भएको अवस्थामा उनि आगामी मंसिर २६ सम्म सेनाको रथीमा कार्यरत हुने अवस्था थियो । तर, उनको पदावधि थप भएको अवस्थामा भावी प्रधानसेनापतिको रोलक्रम नै तलमाथि हुने भएकाले प्रधानसेनापति प्रभुराम शर्माले उनको पदावधि थप नगरेका हुन् ।यससंगै सेनामा शर्मापछि प्रधानसेनापति बन्ने खेल सकिएको छ ।

राणाले अवकास पाएसंगै रिक्त पदमासेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी ताराध्वज पाण्डे रथीमा बढुवा हुनेछन् । यससंगै पाण्डे भावी प्रधानसेनापतिका बन्ने निश्चित भएको हो । सेनाका बलाध्यक्षरथी खड्काले पुष ३ मा अवकास पाएपछि मात्र अर्का उपरथी अशोकराज सिग्देल सेनाको रथीमा बढुवा हुनेछन् । त्यसबेला पाण्डे उनिभन्दा तिन महिना सिनियर भइसकेका हुनेछन् ।

पाण्डे रथीमा बढुवा भएको तिन महिनापछि मात्र सिग्देल सेनाको रथीमा बढुवा हुने अवस्था भएकाले राणाको पदावधि थप सेनाको भावी नेतृत्वसंग जोडिएको थियो । कतिपयले पाण्डेलाई रोक्न पदावधि थपको खेल हुनसक्ने चर्चा गरेपनि प्रधानसेनापति शर्माले भने नियमित प्रक्रियालाई नै अघि बढाएका हुन् । सेनामा सैनिक अधिकारीहरुको पदावधि थप गर्ने नगर्ने अधिकार प्रधानसेनापतिमा निहित छ ।

हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पुरा गरेर अवकास पाएसंगै पाण्डे र नेपाली सेनाको ४५ औं प्रधानसेनापति नियुक्त हुनेछन् । सेनामा अहिलेसम्म वरियतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेकाले राणाको पदावधि थप नभएसंगै पाण्डेको प्रधानसेनापति बन्ने निश्चित भएको हो ।

आइतबारबाट बिदामा बस्दै सेनाका रथी राणा, ताराध्वज पाण्डे रथी बन्ने लाइनमा