गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको सुरुआत : प्रभु साह

गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको सुरुआत : प्रभु साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत गरिएका बताएका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’