काठमाडौं– प्रहरी प्रधान कार्यालयले राजधानीको बौद्ध वृत्तमा डीएसपी नरेद्र चन्दलाई खटाएको छ।
यसअघि गत शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धका डीएसपी श्यामकुमार राईलाई १ लाख ४० हजार घुससहित पक्राउ गरेपछि वृत्त नेतृत्वविहीन थियो। राई निलम्बनमा छन्।
महानगरीय प्रहरी परिसर ललितपुरमा रहेका डीएसपी चन्दलाई काजमा बौद्ध बृत्तको जिम्मेवारी दिइएको हो। महानगरीय प्रहरी परिसर ललितपुरमा छविका अपिलराज बोहरा आएका छन्।
यसैगरी, प्रहरी प्रधान कार्यालयले अन्य दुई वृत्तको नेतृत्व पनि परिवर्तन गरेको छ। थानकोट वृत्तमा डीएसपी कुमारविक्रम थापाको सरुवा भएको हो, भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्र पुगेका छन्।
सातदोबाटोका डीएसपी विनोद सिलवालको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।
थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिसनमा जाँदैछन्।




प्रतिक्रिया