सियाङसान फोरममा भाग लिन प्रधानसेनापति शर्मा चीन जाने

सियाङसान फोरममा भाग लिन प्रधानसेनापति शर्मा चीन जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

नेपाली सेनाका अनुसार बेइजिङमा आयोजना हुने १० औँ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा दसैँ सकिए लगत्तै चीन जान लागेका हुन् ।

प्रधानसेनापति शर्मा कार्तिक १० देखि १६ गतेसम्म चीनमा रहनेछन् । फोरम भने कार्तिक १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ । यसअघि शर्माले गत असोज २१ गतेदेखि बेलायतको भ्रमण गरेका थिए ।

सियाङसान फोरम एसियाको सुरक्षा र रक्षा विषयमा छलफल गर्ने एक बहुपक्षीय संवाद प्ल्याटफर्म हो ।  फोरममा ४० भन्दा बढी देशका अधिकारीहरूसहित अन्तर्राष्ट्रिय संस्था तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ ।