काठमाण्डु – इजरायलमाथि आक्रमण गर्न खटिएका हमासका लडाकूको गोजीमा खतरनाक ड्रग भेटिएको खुलासा भएको छ ।
इजरायली मिडियाले जवाफी आक्रमणमा मारिएका हमासका लडाकूको गोजीमा ड्रग भेटिएको जनाएका छन् । हमासका लडाकूसँग क्याप्टागन नामक लागूऔषध भेटिएको खुलासा गरिएको छ ।
लागूऔषध क्याप्टागनले लडाकूलाई लामो समयसम्म जागृत राख्ने, भोक–प्यास नलाग्ने, सतर्क र सक्रिय राख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसकै कारण हमासका लडाकू इजरायलविरुद्ध निरन्तर लडिरहेका छन् ।
लागूऔषध प्रयोग गरेका लडाकूले सर्वसाधारणको निर्मम र क्रूर हत्या गर्न पनि हिच्किचाउने गरेका छैनन् । ड्रगको नसाले लडाकूलाई क्रूर बनाउने र इजरायलविरुद्ध हमासको युद्धलाई लम्ब्याउन सहयोग गरिरहेको बताइएको छ ।




प्रतिक्रिया