काठमाण्डु – शेयर कारोबार मापक (नेप्से) परिसूचक आज सोमबार बढेको छ ।
हिजो आईतबार २८ अंकले घटेको नेप्से आज सोमबार ३.०४ अंकले बढेको छ ।
दशैंपछिको कारोबार दिन आईतबार नेप्से दोहोरो अंकले घटेकोमा सोमबार सम्हालिन खोजेको छ । दशैं बिदा हुनुअघिको हप्ता पनि नेप्सेमा उत्साह थिएन ।
सोमबार नेप्से १ हजार ८७९.७० विन्दुमा बन्द भएको छ ।
सोमबार कारोबार भएकामध्ये १२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घट्दा १४ वटाको मूल्य स्थिर रहेको छ ।




प्रतिक्रिया