काठमाण्डु – आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भैरहेकाे छ ।
तर, चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।




प्रतिक्रिया