प्रधानसेनापति शर्मा स्वदेश फिर्ता,चिनियाँ सेनासँग के विषयमा भयाे छलफल ? (फाेटाेफिचर)

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता,चिनियाँ सेनासँग के विषयमा भयाे छलफल ? (फाेटाेफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए ।

प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भए । बेइजिङमा प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेना,सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, सांघाई र ग्वाङझाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए ।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत सहभागी थिए ।

प्रधानसेनापतिको सम्मानमा चीनिया जनमुक्ति सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेइजिङमा रहँदा प्रधानसेनापतिको सम्मानमा चीनका लागि नेपालका राजदूतले आयोजना गरेकाे स्वागत समारोहमा समेत सहभागि भएका थिए ।

भ्रमणको क्रममा सेनापतिले ग्रेटवाल लगायत बेइजिङस्थित महत्वपूर्णपर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए । प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थिए ।