विराटनगर – मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएर कात्तिक १ गतेदेखि स्थगित भएको कोशी प्रदेशसभा चौथो अधिवेशनको बैठक सोमबार बस्ने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले शुक्रबार सूचनामार्फत् बैठक बस्ने जानकारी दिए ।
अर्को सूचना नभएसम्म स्थगित भएको चौथो अधिवेशनको चौथो बैठक २०८० कात्तिक २० गते सोमबार दिउँसो १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा बस्ने प्रदेशसभा सचिव पराजुलीले बताए ।
कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम बैठकको जानकारी प्रदेश सभाका सदस्यलाई गराइएको उनले बताए ।




प्रतिक्रिया