बागलुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एकढिक्का रहेको बताएका छन् ।
बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको बताए ।
पार्टीमा आएका छिटपुट गुनासा सम्बोधन हुने उनले बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।
‘संविधानका विषयमा गुनासा छन् तर सम्बोधन गर्नै नसक्ने खालका छैनन् । जसले जे भने पनि विश्वास नगरौं । यो संविधान कार्यान्वयन गरेरै छोड्छौं,’ उनले भने ।
संघीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनले बताए । ‘संघीयता नयाँ हो । गुनासा आएका छन् तर हामीले स्वाभाविक नै मानेका छौं,’ उनी भन्छन्, ‘कार्यान्वयनमा शंका नगर्नुस् ।’




प्रतिक्रिया