प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आह्वान

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १२८ जना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।

नयाँ भर्नाका लागि दरखास्त आह्वानमध्ये इन्जिनीयरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ६ जना, प्राविधिक प्रहरी नायब निरीक्षक पदका लागि १८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३९ जना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।

स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २९ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १७ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १५ जना, केनाईनतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना र हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।

दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।

इन्जिनीयरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाइन दरखास्त फाराम भर्न सकिने छ । स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाइन दरखास्त फाराम भर्न सकिने छ । ७ वटै प्रदेश प्रहरी कार्यालयमा अनलाइन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फाराम बुझाउन सक्नेछन् ।

दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।